जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पायो

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ।

यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपेन्द्र यादवले नेतृत्व गरेको समूह जसपाको आधिकारिक भएको बताए।

‘दुवै पक्षले आधिकारिकता दाबी गरेका थिए। उपेन्द्र यादवले नेतृत्व गरेको समूहले आधिकारिकता पाएको छ,’उनले भने,’अब उनीहरूले गरेको निर्णय आधिकारिक हुन्छ। चार जनालाई कारबाही गरेको पहिला मानिएको थिएन। अब कसरी कारबाही गर्ने भनेर आदेशमा विस्तृत भनिएको छ।’

जसपा निकट कानुन व्यवसायी दिपक राईले सोमबारको फैसलाले अब महन्थ ठाकुर अध्यक्ष नरहेको स्पष्ट पारेको बताए।

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता बारे निर्वाचन आयोगले सोमबार दुबै पक्षलाई बोलाएको थियो। आयोगले ५१ सदस्यीय कार्यकारिणी समितिलाई आधिकारिकता मान्दै अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा ‘हेड काउन्ट’ गरेको थियो।

५१ सदस्यीय मध्ये रेशम चौधरी तटस्थ बसेका थिए। डिल्ली बजार कारागारमा रहेका चौधरीलाई कडा सुरक्षाबीच आयोगमा उपस्थित गराइएको थियो तर उनले दुबै पक्षमा सनाखत गरेनन्।

पक्ष बिपक्षमा भएका ५० जना मध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए। setopati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close