दुई पालिका छिपहरमाई गाउँपालिका र पकाहामैनपुर गाउँपालिका रहेको र टिक पटक आग्रह गर्दा पनि चासो भने नदेखाईएको अध्यक्ष अहमदले बताए ।

महानगरपालिका र नगरपालिका अन्तर्गतका अर्थात शहरी क्षेत्रका भुमीहीनहरुले १ सय ३० वर्ग मिटर तथा ८ धुर लालपुर्जा सहितको सरकारी जग्गा पाउने व्यवस्था छ भने ग्रामीण भेग अन्तर्गतका भुमीहिनहरुले एक कठ्ठासम्म जग्गा पाउने व्यवस्था सुकुम्बासीको हकमा गर्न सक्ने ऐनमा उल्लेख छ ।

तर सरकारले सकारात्मक सुचीमा भएको जग्गा मात्रै वितरण गर्न पाउने अन्यथा अरु कुनै सरकारी जग्गा वितरण गर्न नपाईने कार्यविधीमा जनाइए अनुसार सोही मापदण्डमा आधारीत रही कार्य भईरहेको राष्ट्रिय भुमी आयोग पर्साका सदस्य सचिव एव् नापि कार्यालय पर्साका नापि प्रमुख राकेश झाले आईतबारको पत्रकार सम्मेलनमा जनाएका छन् ।

तर भुमीहीन भनेर झुटो विवरण पेश गरेको खण्डमा भने आवश्यक कार्यवाही समेत गरीने झाले चेतावनी समेत दिएका छन् ।

नापि प्रमुख झाले भने , पर्सा जिल्लाका हरेक वडा वडामा गएर भुमीहिन सम्बन्धिमा अभिमुखीकरण गर्ने , लगत संकलन गर्ने , जाँचबुझ गर्ने, फिल्ड बुक तैयार गर्ने र लालपुर्जा वितरण गर्ने कार्य गर्ने पाएको जिम्मेवारीमा काम गरीरहेका छौँ । यसका लागि स्थानीय तहको पनि उत्तिकै भुमीका रहेकोले स्थानीय तहले समन्वय नगरेसम्म काम गर्न कठिनाई भईरहेको छ । यसमा केन्द्र , जिल्ला र स्थानीय तहका गरी सबैको बराबर भुमीका र जिम्मेवारीका साथ समन्वय हुन आवश्यक देखीन्छ ।

भुमीहीन , सुकुम्बासी लगायतका समस्या सामाधानका निम्ति नेपालमा वि.स.२०७८ साल भाद्र २५ राष्ट्रिय भुमी आयोगको गठन भएको हो । गठन भएलग्त्तै कार्यलाई तिव्रता दिईएको हो ।

त्यस्तै पर्सा जिल्लाको हकमा भने हरेक पालिकामा लगत संकलन , नापनक्सा , विवरण संकलन गर्ने कार्य भइरहेको तथा अभिमुखीकरणको कार्य समेत पटक पटक गर्दा पनि २ वटा पालिकाले भने चासो नै नदेखाएको भुमी आयोग पर्साका अध्यक्ष तबरेज अहमदले जानकारी दिए । ती दुई पालिका छिपहरमाई गाउँपालिका र पकाहामैनपुर गाउँपालिका रहेको र टिक पटक आग्रह गर्दा पनि चासो भने नदेखाईएको अध्यक्ष अहमदले बताए ।

पर्सा जिल्लामा भुमी सम्बन्धि पर्साका १० वटा पालिकाहरुमा २ पटक सम्म ३५ दिने सुचना जारी गर्दापनि ५ वटा पालिकाले मात्रै चासो देखाएका छन् । यसले दलित र भुमीहीनको पक्षमा स्थानीय सरकार गम्भिर नदेखीएको गुनासो समेत पत्रकार सम्मेलनमा आएको थियो ।

 

भुमी आयोगमा समेत पटक पटक पालिकाका अध्यक्षहरुलाई आ आफ्नो पालिकामा भुमीहीनको समस्याप्रती गम्भिर भईदिन आग्रह गर्दै आएको भएपनि खासै चासो देखाएको जस्तो नदेखीएको अहमद बताउँछन् ।

पर्साको ठोरीमा भुमीहीन सुकुम्बासी ठोरी भुमिहीन दलित २६ , भुमीहीन सुकुम्बासी १७४० , अव्यवस्थित बसोबासी गरी कुल १९०६ जना गरी कुल ३६७२ रहेका छन् भने पर्साको पर्सागढीमा भुमीहीन दलित ७७२, भुमीहीन सुकुम्बासी ३५७, अव्यवस्थित बसोबासी ५५४ गरी कुल १६८३ जना छन् भने त्यस्तै पर्साको बहुदरमाई नगरपालिकामा भुमीहीन दपलत २१ , भुमीहीन सुकुम्बासी ७८ , अवयवस्थित बसोबासी ६९ गरी कुल १६८ छन् ।

त्यस्तै वीरगंज महानगरपालिका अन्तर्गत भुमीहीन दलित १६ , भुमीहीन सुकुम्बासी ५० , अव्यास्थित बसोबासी ८५ गरी कुल १५१ र सखुवापर्साैनी गाउँपालिकामा ५२८ भुमीहीन दलित , ३५२ भुमीहीन सुकुम्बासी , ३३५ जना अव्यवस्थित बसोबासी गरी कुल १२१५ जना रहेको भुमी आयोग पर्साका अध्यक्ष अहमदले जनाएका छन् ।

यसरी पर्सा जिल्ला भरी हालसम्म भुमीहीन दलित १३६३ , भुमीहीन सुकुम्बासी २५७७ र अव्यवस्थित बसोबासी २९४९ गरी कुल ६ हजार ८ सय ८९ जनाको विवरण संकलन गरीएको छ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close