झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिने कार्यमा संलग्न सीता पटेल र धुरुप पटेल प्रहरी नियन्त्रणमा ।

बिरगंज , साउन १४ गते बिहीबार ।

भारतीय नागरिक सीता पटेलले कविता कुमारीको नाउँबाट जिल्ला प्रशासन कार्यालय, पर्साबाट झुट्टा विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको भन्ने सूचना प्राप्त भई व.प्र.का श्रीपुरबाट खटिएको टोलीले बुधबार विहान १०:०० बजे जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१३ श्रीपुरबाट निज सीता पटेललाई नियन्त्रणमा लिई निजको शरीर तलासी लिँदा निजले बोकेको ब्यागमा जिल्ला प्रशासन कार्यालय पर्साबाट मिति २०७०।०९।११ गते जारी भएको ना.प्र.नं.३४-०१-७०-१०३५२ को साविक जिल्ला पर्सा बैरियाबिर्ता दा.पु. गा.वि.स. वडा नं.९ बस्ने धुरुप प्रसाद पटेलको छोरी कविता कुमारी भन्ने विवरण भएको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि फेला परेको हुँदा उक्त प्रतिलिपि बरामद गरी सो नागरिकता बनाउन बुवा बनी सनाखत गरिदिने जिल्ला पर्सा बहुदरमाई न.पा.वडा नं. २ बस्ने वर्ष ५१ को धुरुप प्रसाद पटेललाई समेत बी.म.न.पा.१३ बाटै नियन्त्रणमा लिई दुवै जनालाई नागरिकता सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट आज ७ (सात) दिनलो म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close