
राज कुमार चमार, साउन १७, कपिलवस्तु ।
शुद्धोधन गाउँपालिका वडा नं. २ भुसुडीमा गय राति अग्यात समूह द्वारा ५० के.बी ट्रान्सफारमर चोरी भएको छ ।
यस शुद्धोधन गाउँपालिका अन्तर्गत ट्रान्सफारमर चोरीको घटना पहिलो होइन यस्तो घटना धेरै पटक भएको छ ।
चोरीको घटना स्थानीय विद्युत कर्मचारी सँग सोध्दा ट्रान्सफर्मरमा भोलि विद्युत सञ्चालन गर्नु थियो तर आजा ट्रान्सफर्मर चोरी घटना थाहा पाएको बताएका छन् । साथै ट्रान्सफर्मर १ महिना देखि नै सम्बन्धित ठाउँमा रहेको बताउनुभयो ।
उक्त ट्रान्सफारमर चोरी बारे थप अनुसन्धान चलिरहेको इलाका प्रहरी कार्यलय पकडीका ईन्चार्ज कृष्णा प्रसाद खत्रीले बताएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस




