अभिभावकलाई निजी बिद्यालयको शुल्क नर्तिन नेबिसंघको आव्हान

८ असार, काठमाडौं । नेपाल बिद्यार्थी संघले निजी बिद्यालयहरुलाई कुनैपनि शुल्क नतिर्न अभिभावकहरुलाई आव्हान गरेको छ । नेबिसंघका अध्यक्ष राजीव ढुङगानाले आज एक विज्ञप्ति जारी गर्दै शैक्षिक संस्था नखुलुन्जेलको अवधिभरको कुनैपनि प्रकारको शुल्क नतिर्न सम्पूर्ण अभिभावकहरुलाई अपिल गरेका छन् ।

निजी बिद्यालयका दुई संस्थाले प्याव्सन र नेशनल प्याब्सन नेपालद्वारा हिजो असार ७ गते जारी गरिएको संयूक्त अपिल प्रति नेबिसंघको गम्भिर ध्यानाकर्षण भएको भन्दै उक्त निर्णय फिर्ता लिन र सरकारले गम्भीरतापूर्वक समस्या समाधान गर्न तदारुकता देखाउन अध्यक्ष ढुङगानाले आग्रह गरेका छन् । विद्यार्थीका अभिभावकहरुसँग शैक्षिक संस्था बन्द रहेको अवधिको शुल्क असुल्ने कुरा नेबिसंघलाई कुनै हालतमा मान्य नहुने पनि उनले प्रष्ट पारेका छन् ।

त्यस्तै नेबिसंघका महामन्त्री यूवराज पाण्डेले विद्यालय नखुलुन्जेलसम्म विद्यार्थीसँग कुनैपनि शुल्क लिन नपाइने बताउँदै प्यावसन र नेशनल प्यावसनको शुल्क असुल्ने निर्णय तत्काल फिर्ता गर्न माग गरेका छन् । संस्थागत विद्यालयका मर्का र जायज समस्या समाधानका लागि सरकारले जवाफदेही बन्नु पर्ने बताउँदै महामन्त्री पाण्डेले शिक्षा मन्त्रालय लाचार छाँया भएर बस्न नहुने बताए ।
Nepalbahas

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close