बिरगंजको सिमा नाका खोल्न पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र ।

बिरगंज , कार्तिक १७ गते सोमबार ।

प्रदेश सभा क्षेत्रीय कार्य समिति १ को ख पर्साले आज जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ मार्फत नेपाल सरकार मन्त्री परिषद कार्यालय काठमाडौंलाई ज्ञापन पत्र मार्फत कोभिड -१९ कोरोना भाईरसको कारण ८-९ महिना देखि बन्द रहेको पर्सा जिल्लाको सिमा प्रमुख नाका खोल्न तथा बिरगंजको व्यापार व्यवसाय खोल्ने समय सिमा बढाउन समेत मग गरेको छ ।

समितीका सभापती अरबिन्द कुमार गुप्ताको नेतुत्वमा गएको टोलिले भारतमा हाम्रो रोटी बेटिको सम्बन्ध पनि रहेको साथै नेपालीहर्‍उको प्रमुख चाडपर्व दिपावली , छठ नैक आईरहेको बेला नेपाल भारत बन्द हुद आवागमन तथा व्यापार व्यवसाय समेतमा कठिनाइ पर्ने भएकोले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई नेपालको प्रवेशद्वारको रूपमा चिनिने बिरगंजको सिमानाहरु खोल्न तथा बिरगंजको पसल र व्यवसाय खोल्ने समय सिमा बढाउन समेत प्रदेश सभा क्षेत्रीय कार्य समिती क्षेत्र न. १ को ख पर्सा जोडदार माग गरेको छ ।

ज्ञापनपत्र बुझाउन जाने टोलिमा क्षेत्रीय सचिव मनोज महतो , एकाई सभापतिहरु गोपाल रौनियार ,बिरेन्द्र महतो , कबिर अन्सारी ,वडा अध्यक्षहरु दशरथ पटेल , गजेन्द्र कुर्मी ,लखन लाल साह , नेबि संघका पुर्व केन्द्रिय सदस्य सुधिर पटेल , युवा नेता मनोज पटेल , रितेश गुप्ता ,सुन्दर साह लगायतकाको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close