महुवनको दलित युवा द्धारा दिप प्रदर्शन गरि न्यायको लागि सरकारलाई दबाब

महुवनको दलित युवा द्धारा दिप प्रदर्शन गरि न्यायको लागि सरकारलाई दबाब

राजन कुमार बानिया
महुवन १५ जेठ
पिसफोर दलितस फाउन्डेसन ,नेपाल र दलित अधिकार समाज, पर्सा, नेपालको आयोजनामा महुवनको दलित अधिकारकर्मी तथा दलित युवाहरुले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनाको सत्य तथ्य छानबिनको माग गर्नका लागि दिप प्रदर्शन गरेका छन ।

आज पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनमा साँझ ठिक ७ बजे रुकुम पश्चिमको घटनामा ज्यान गुमाएका प्रती श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता भएका युवाहरुको खोजी र दोषि उपर कार्वाहीको लागि सरकारलाई दबाब सृजना गर्न पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनमा दलित युवाहरु तथा दलित अधिकारकर्मीहरु भेला भैइ सामाजिक दुरी कायम गरि दिप प्रदर्शन गरेको छन। पिसफोर दलितस फाउन्डेसन नेपाल/ दलित अधिकार समाज, पर्सा,नेपालको अध्यक्ष मनोज राम ज्युले जानकारी दिनुभएको छ।
उक्त घटनामा संलग्न भएको आरोपमा १२ जना पक्राउ परेका छन् ।अन्तरजातीय प्रेम सम्बन्धको विवादका कारण चार जनाको ज्यान गएको र २ जना बेपत्ता भएछि देशभर विरोध स्वरुप कार्यक्रम भैइरहेको जानकारी चमार कल्याण समाज नेपाल,पर्साको उपाध्यक्ष अशोक चमारले जानकारी दिनु भएको छ।

अब हुने सांकेतिक आन्दोलनको सुरुवात पनि हो । सबैले यो आन्दोलनमा सहयोग गरौ भन्दै दलित अगुवाहरु सत्य तथ्य छनविनको माग गरेका छन । अन्तरजातीय प्रेम सम्बन्धको विवादका कारण दुईजनाको ज्यान गएको र चारजना बेपत्ता भएछि केटी पक्षका १२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई प्रारम्भिक अनुसन्धानका लागि नियन्त्रणमा लिएको रुकुम पश्चिम प्रहरीले जनाएको छ । शनिबार राति जाजरकोटका नवराज विक प्रेमिका लिन गाउँका १८ जना साथ लिएर रुकुमको चौरजहारी नगरपालिका–८ सोती पुगेका थिए। तर उनीहरु गाउँमा पुगेलगत्तै केटी पक्षका आफन्तसहित गाउँलेहरुले आक्रमण गरेका थिए ।

आक्रमणमा प्रेमिका लिन पुगेका नवराज विकसहित दुईजनाको मृत्यु भएको छ भने चार जना बेपत्ता छन् । मृत्यु भएका दुवैजनाको शव भेरी नदी किनारमा भेटिएको थियो ।

नेपालमा दलित माथि भइरहेको विभेद , अत्याचार तथा जातीय भेदभाव तथा छुवाछूत , दलितको हत्या , कुटपिटको अन्त्य नभएमा हामी दलित अगुवा गाउँ गाउँ बाट दलित आन्दोलन गर्ने छौँ । दलित आन्दोलनको तयारी पनि गर्दैछौँ भन्ने कुरा दलित अधिकार समाज, पर्साको सदस्य सुरेन्द्र पासवान ज्युले जानकारी दिनु भएको छ।

यस दलितको न्याय , दोशिलाई कार्यवाही तथा दलितको लागि गरिएको शान्तिपुर्ण दिप प्रदर्शन कार्यक्रममा दलित अधिकार समाज, पर्सा, नेपाल/ पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज राम , अशोक राम, सुरेन्द्र पसवान , श्यामकिशोर राम , महुवनको जन प्रतिनिधि रामबालक राम , गणेश महरा, दलित युवा चन्देश्वर राम, गोविन्द राम लगाएत दलित युवाको सहभागिता रहेकोे छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close