
बिरगंज , भदौ १६ गते बुधबार ।
मिति २०६९/०२/१७ गते बेलुका १८;०० बजेदेखी हराइ बेपता भएका जिल्ला बारा कोल्हवी न.पा.वडा नं. १ बस्ने चन्द्रिका चौधरीको छोरा वर्ष १८ को अजय चौधरीको ऐ.२२ गते बिहान ऐ.ऐ. स्थित नहरमा कर्तव्य गरी मारी फालेको अवस्थामा मृतक लास फेला परेको कर्तव्य ज्यान मुद्दामा वारदात पश्चात फरार रहेका ऐ.ऐ. बस्ने लोकनाथ चौधरीको छोरा वर्ष ३६ को अनिल कुमार चौधरीलाई यस जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले मिति २०७८/०५/१५ गते लुकिछिपी बसेको अवस्थामा पक्राउ सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद अनुमति लिई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




