बर्दियामा बजार अनुगमन ।

बर्दिया , असोज ०२ गते शनिबार ।

सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय बर्दिया, बर्दिया अस्पताल गुलरिया, गुण तथा नापतौल नियन्त्रण कार्यालय बाँकेबाट खटिएका प्रतिनिधी , जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक पवन पछाई सहितको संयुक्त टोलीले मधुबन नगरपालिका र ठाकुरबाबा नगरपालिकामा रहेका सानोश्री बजार, शाहीपुर, बग्नाह र भुरिगाउँ बजारका किराना, मिठाई,मासु, एग्रोभेट, हार्डवेयर, कस्मेटिक पसल र मेडिकल गरी ७३ वटा पसलहरुको अनुमन गरी पसलका संचालकहरुलाई गुणस्तरयुक्त सामाग्रीहरु बिक्रि वितरण गर्न, उपभोक्ताले देख्ने गरी दररेट राख्न, तोकिएको दररेट भन्दा बढीमा बिक्रि वितरण नगर्न निर्देशन दिनुका साथै खरिद बिक्री बिल नराखिएको पसलका संचालकलाई रू. २०,०००/- जरिवाना गरिएको र लेबल टाँस नगरिएका/म्याद नाघेका अन्दाजी मुल्य रू. २५३५४/- बराबरका बिभिन्न किराना, खाद्य तथा सुर्तिजन्य पदार्थ नियन्त्रणमा लिई आज मिति २०७८।०६।०२ गते घरेलु तथा साना उद्योग कार्यालय बर्दियामा नष्ट गरिएको बर्दिया प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close