
अर्घाखाँची , असोज ०८ गते शुक्रबार ।
गुल्मीको दोहली स्वास्थ्यचौकीका एम्बुलेन्स चालक माथि स्थानीय युवाले कुटपीट गरेका छन् । इस्मा गाउँपालिका ४ दोहलीका ३८ बर्षीय दान बहादुर पाण्डेयलाई स्थानीय लिल बहादुर अछामीले गम्भिर घाइते हुने गरेर कुटपीट गरेका हुन् । पाण्डेयको कुटपीटबाट आँखामा निल डाम छ भने आँखा माथिको हड्डी फुटेको छ । दाँत झरेको, खुट्टा र शरिर सुन्निएको पीडितले बताए ।
राति नाक र मुखबाट रगत बगेको अवस्था फेला पाारेपछि तत्काल गुल्मी अस्पताल रेफर गरिएको इस्मा कोभिड -१९ अस्पतालका प्रमुख डाक्टर निश्चल शर्माले बताए ।
बिरामी घरमा लैजान स्वास्थ्यचौकी आउँदा बाटोमै कार्यालय नजिकै आफुलाई कुटपीट भएको पीडत दान बहादुर पाण्डेयले बताए।
पीडितसंगै संयुक्त एम्बुलेन्स चालक संघले जिल्ला प्रहरी कार्यालयमा घटनाका दोषिहरुलाई कार्वाहीको माग गरेर उजुरी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीमा सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तम पाण्डेयले घटनामा संलग्नको खोजि कार्य जारी भएको र दोषीलाई चाडै कार्वाही गरिने बताए ।




