गृहमन्त्रीको नीति बिपरित घुमुवा परिचालन उपत्यकामा कार्यरत सशस्त्र प्रहरी बारामा घुमुवा

गृहमन्त्रीको नीति बिपरित घुमुवा परिचालन उपत्यकामा कार्यरत सशस्त्र प्रहरी बारामा घुमुवा

कलैया । उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा घुमुवा परिचालन नगर्न निर्देशन दिए । त्यसैको आधारमा प्रहरी मुख्यालय र सशस्त्र मुख्यालयले मातहतका निकायलाई घुमुवा परिचालन नगर्न निर्देशन पनि दिए। नेपाल प्रहरीले क्राइम हेर्नका लागि सिभिलमा परिचालन गर्नेको नाम पठाउन पनि परिपत्र गर्याे । तर गृहमन्त्री र मुख्यालयको नीति विपरीत सशस्त्र प्रहरी बारामा भने घुमुवा परिचालन भएको भेटिएको छ। घुमुवा पनि उपत्यकामा दरबन्दी भएर घरमा आउट गएकालाई प्रयोग गरेको भेटिएको छ।

केही दिन अघि मात्रै भक्तपुर स्थित २२ नम्बर गण दरबन्दी भएर काठमाडौ ट्रलीबस स्थित बेशमा काजमा रहेका सिपाही सुनिल यादव र अर्को एक जना बाराको गणको घुमुवा हुं भन्दै हरियो रंगको सुजुकी र कालो रंगको साइन मोटरसाइकलमा नाका नाका घुमे मात्रै होइन कि एउटा भारतीय नम्बर प्लेटको बिआर ०३०२ मोटरसाइकलमा दुई बोरा चिसो ल्याएको भन्दै पक्राउ गरेर सुरक्षा बेश बरियारपुरमा बुझाए । उनीहरूले चिसो ल्याउने कारोवारीलाई आंफुहरू गणको घुमुवा भएको पनि बताए । जबकि उनीहरू मधेस प्रदेशमा लामो समयदेखि घुमुवा भएर ज्यादै बदनाम भए पछि हालका गृहमन्त्री लामिछाने पहिलोपटक गृहमन्त्री भएको बेला शुरू भएको घुमुवा अप्रेसनमा परेर काठमाडौ सरूवा भएका थिए। अहिले उनीहरू महिनामा दुई पटक सम्म आउट गएर घुमुवा भन्दै तस्कर र व्यापारी भेट्ने , १२ नम्बर गणका गणपति एसपी सन्तोष बहादुर सिंहलाई भेटाउने , व्यापारी र तस्करको नामावली एसपी सिंहलाई संकलन गरेर दिने र मातहतका प्रस्तावित गुल्म र बिओपी प्रमुखकोमा गई नजिकमा तस्करहरूको लाइन मिलाई दिने गर्ने गरेको पनि यहाँ उजागर भएको छ।

सशस्त्र प्रहरीका गणपतिहरूले सिपाहीको राशन वापतको रकम खानका लागि गणबाट सयौं जना आउट वा बिदा छोड्ने गर्दै आइरहेका छन् । त्यसैले पनि बदनाम भएर लखेटिएका ती घुमुवा अहिले पनि आउट वा बिदामा गएर रकम उठाउने , एसपी र गुल्म तथा बिओपी प्रमुखलाई सेटिङ मिलाई दिने र रकम उठाई दिने जस्ता काम पनि गर्दै आइरहेका छन् । त्यसैगरी सुनसरी गण दरबन्दी भएर पनि नगई बाराको बेलडारी स्थित बिओपीमा घुमुवाको रूपमा कार्यरत बरिस्ठ हवल्दार रामअयोध्या यादवले बिओपी प्रमुखको मात्रै नभएर गणपति सन्तोष बहादुर सिंहको नाममा समेत तस्कर र व्यापारीहरूबाट रकम उठाउने गरेको गुनासो व्यापक आएको भए पनि उनलाई अझै दरबन्दीमा रमाना गरिएको छैन ।यो नाकाबाट ठूलो मात्रामा नेपाली मदिरा भारततर्फ तस्करी हुने गर्छ । मदिरा तस्करीको लागि यो नाका धेरै चर्चित छ।

यसैगरी १२ नम्बर गणको लेखा शाखामा कार्यरत हवल्दार होम बहादुर थापा मगरको पनि व्यापक गुनासो र उजुरी परेपनि कुनै सुनुवाइ भएको छैन । यही गणमा विगत १७ बर्ष देखि लेखा शाखामा कार्यरत उनले तल्लो तहका प्रहरीले आफ्नो सुबिधा अन्तरगत पाउने लोन ( कर्जा) को लागि लेखामा निवेदन दिएमा प्रक्रिया अगाडि नबढाउने , कमिशन दिएपछि मात्रै अगाडि बढाउने र सुत्केरी स्याहार बापत पाउने रकम समेत दिन नखोज्ने जस्ता कार्यहरू गर्ने गरेको गण भित्र व्यापक जनगुनासो रहेको छ । त्यतिमात्र होइन गणबाट मातहत युनिटहरूमा पठाउन पनि उनै हवल्दार थापामगरले लिष्ट बनाएर प्रशासनमा पठाउने गरेको र आंफुलाई एसपी बाहेक कसैले केही गर्न नसक्ने भन्दै फूर्ति लगाउने गरेको समेत गण भित्र व्यापक गुनासो रहेको छ।सभार : जनप्रहार बाट

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close