
विनोद मण्डल असोज १३ । जिल्ला वन कार्यालय लहान सिराहा र गोलबजार नगरपालिकाको मिलेमतोमा सखुवा काठ चोरी हुन् थालेका हुन् ।
सिरहाको गोलबजार नगरपालिकाको वडा नं ८ मा रहेको जोभा प्राकृतिक वनबाट संकलित सखुवाको गोलिया काठ वडा अध्यक्षले चोरेका हुन् ।
गोलबजार नगरपालिकाको वडा नं ८का वाडा अध्यक्ष राम्पुकार कामतिले सखुवाको काठ सोमबार बेलुका राती ८ बजेको समयमा गोलबजार नगरपालिकाको जेसिबिबाट लागिरहेको अवस्थामा स्थानियहरुले समातेर प्रहरीलाई जिम्मा लगाएका थिए ।
सखुवाको काठ ना१ ज७०६नम्बरको जे.सि.बि र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको मिर्चैयाका डिएस्पी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
वनमा हावाहुरीले ढलेको काठलाई एक ठाउँमा राख्नको लागि जेसिबी मगाइएको थियो । अवेर भएपछि त्यसमध्येको एउटा ठूलो गोलीया काठ लागिरहेको देखेपछि स्थानियले रोकेर प्रहरीलाई खवरले गरेका थिए ।
जेसीबि चालक श्रवण कुमार शाहका अनुसार आफूलाई वडा अध्यक्ष कमतिले लैजान लगाएको बताए ।
सरकारी टाचा लागेको गोलिता काठ लगेको देख्दा स्थानिय सकल देव सिंहले प्रहरीलाई खवर गतेका थिएँ ।
काठको यस विषयलाई वडा अध्यक्ष कामती र मेयर देवनाथ शाह स्थानीयलाई सहमति गरेर यस विषयलाई किनारा लगाउने प्रयासमा लागिरहेका छन् ।
काठको नियन्त्रणको जिम्मा पाएका जिल्ला वन कार्यालय सिराहा भने यतिबेला मौन बसेको छ ।




