५१ हजार राशिको स्व . सुबोध स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार गोबिन्द देवकोटा सम्मानित ।

बिरगंज , भदै ०१ गते बुधबार ।

स्व.सुबोध स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार गोविन्द देवकोटा सम्मानित हुनुभएको छ ।
प्रतीक प्रकाशन समूहले स्थापना गरेको सुबोध स्मृति फोटो पत्रकारिता पुरस्कारबाट नारायणी एफ.एम.का कार्यकारी अध्यक्ष एवं सामुदायिक रेडियो प्रसारक संघका पूर्व महासचिव समेत रहेका देवकोटा प्रतीक दैनिकको ३६ औँ वार्षिकोत्सवको अवसरमा सम्मानित हुनुभएको हो ।

उहाँलाई प्रमुख अतिथि प्राध्यापक वासुदेवलाल दास, अतिथिहरू प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछाने, प्रधान सम्पादक जगदीश प्रसाद शर्मा लगायतले सम्मान गर्नुभएको थियो ।

देवकोटालाई ५१ हजार नगद रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

त्यसैगरि प्रतीक दैनिक पत्रिकाको उत्कृष्ट सम्वाददाताको रुपमा पत्रकार राधेश्याम पटेल पनि सम्मानित हुनुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close