
अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध चार वटा जिल्ला फुटबल संघका अध्यक्षले उजुरी दिएका छन्।
आर्थिक अनियमितताको आरोप लगाउँदै काठमाडौंका अध्यक्ष विराटजंग शाही, भक्तपुरका अध्यक्ष गौतम सुजखु, धादिङका अध्यक्ष दीपक खतिवडा र ललितपुरका अध्यक्ष पुरुषोत्तम थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसदको लेखा समितिमा उजुरी दिएका हुन्। ललितपुर अध्यक्ष थापालाई एन्फाले एक महिनाअघि निलम्बन गरेको थियो।
यसअघि २०७५ पुसमा पनि चारै जिल्ला संघका अध्यक्षले अख्तियारमा उजुरी दर्ता गराएका थिए।
त्यसपछि अख्तियारले युवा तथा खेलकुद मन्त्रायललाई छानविन गर्न निर्देशन दिएको थियो। मन्त्रालयका अणप्रसाद न्यौपानेको छानविन समितिले एन्फालाई क्लिन चिट दिएको थियो।
तर सो क्लिनचिट प्रति असन्तुष्टि जनाउँदै चार जिल्ला संघका अध्यक्षले फेरि उजुरी दर्ता गराएका हुन्।
उनीहरुले एन्फामा आर्थिक अनियमिता बढेको आरोप लगाउँदै छानविन गरी कारबाहीको माग गरेका छन्।setopati




