
बिरगंज , असोज १५ गते शुक्रबार ।
छपकैया-सिर्सिया नाका हुँदै हुण्डी कारोबार हुँदैगरेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज म.न.पा.वडा नं.२५ सिर्सिया छोटी भन्सार अगाडिबाट भारतबाट आउँदै गरेका निम्न नम्बरका ३ वटा मोटरसाइकल चढी आएका निम्नानुसारका व्यक्तिहरूलाई रोकी तलासी लिँदा निजहरूले हेल्मेटभित्र लुकाइछिपाई ल्याएको श्रोत नखुलेको नेपाली रू.१५,५०,०००।–(पन्ध्र लाख पचास हजार) फेला परेको हुँदा उक्त रकम बरामद गरी मो.सा.सहित निजहरूलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




