तुलसीपुर बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, २१ जना घाइते

कात्तिक ८
दाङदाङमा यात्रु बाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने २१ जना घाइते भएका छन् । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १० कटुकी निवासी बसका सहचालक २८ वर्षीय प्रेम परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ६ ख ७६३३ नम्बरको यात्रुवाहक बस आइतबार बेलुका करिब साढे ५ बजेतिर तुलसीपुर ६ मोतिपुरमा दुर्घटनामा परेको हो । परियारलाई बसले च्यापेको अवस्थामा जेसिभीको सहयोगमा उद्धार गरी उनलाई राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएको भएयता पनि उनलाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

यसैगरी २१ जना घाईते यात्रुहरू सामान्य घाइते भएको र उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र चालकलाई नियन्त्रणमा लिइएको प्रमुख डीएसपी अर्यालले जानकारी दिए ।
स्रोत !

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close