लागुऔषध सहित दुई जना प्रहरी नियन्त्रणमा ।

काठमाडौं , पुष १२ गते सोमबार ।

काठमाण्डौँ चन्द्रागिरी नगरपालिका वडा.नं. २ नागढुंगा स्थित चेकप्वाईन्टमा भैरहवाबाट काठमाण्डौँ तर्फ आउँदै गरेको लु १ ख ८७०० नम्बरको यात्रबाहक बसलाई आज बिहान ४:३५ बजेको समयमा चेक जाँच गर्ने क्रममा जिल्ला नवलपरासी पाल्हीनन्दन गाउँपालीका वडा नं.२ घर हुने बर्ष २९ को राजु राम अवध जैसवाल र ऐ.ऐ घर हुने बर्ष २४ को मुन्ना चौहानलाई चेक जाँच गरी निज राजु राम अवध जैसवाल र मुन्ना चौहानले लिई आएको झोला चेक जाँच गर्ने क्रममा औषधिजन्य लागुऔषध DIAZEPAM लेखिएको १६० एम्पल, BUPRENORPHINE लेखिएको १६० एम्पल, PHENERGAN लेखिएको १६० एम्पल फेला पारी पक्राउ गरी प्रारम्भिक सोधपुछ गर्ने क्रममा निजहरुले लिई आएको बरामद औषधीजन्य लागु औषध जिल्ला काभ्रेपलाञ्चोक चौरीदेउराली गा.पा वडा नं. ६ घर हुने हाल का.जि कपन बस्ने बर्ष ३० को नवराज नेपालीले मगाएको हो भनि बताएकोले नवराज नेपाली भन्ने मानिसको खोजतलास गर्दै जाने क्रममा जिल्ला काठमाण्डौँको गोंगबु बिजि मल स्थित राजु राम अवध जैसवाल र मुन्ना चौहानको साथ बाट बरामद लागु औषध लिन आई कुरीरहेको अबस्थामा नबराज नेपालीलाई समेत फेला पारी पक्राउ गरी लागु औषध सम्बन्धि कसुरमा मुद्धा दर्ता गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भईरहेको नागढुङ्गा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close