
वीरगंज, ९ कार्तिक ।
भारतमा बच्चा साह सोनार बनेर हिँड्ने नेपालमा राम नरेश साह सोनार बनेर सुनको अवैध कारोबार गरि छोटो अवधिमा करोड़पति बन्न बन्न सफल भएका राम नरेश उर्फ बच्चाले पैसाको बलमा नेपाल प्रहरीको ईमान खरीद गर्न सफल भएका छन् ।
आफ्नो छोरीको प्रेम सम्बन्धलाई चोरी पछि बलात्कार काण्डमा निर्दोष युवा राज विक्रम साहलाई फसाएको समाचार बाहिरिएपछि पत्रकारहरूसँग क़ुरा गर्दै राम नरेशले प्रहरी समक्ष आफू चोरी र जबरजस्ती करणी दुबैको मुद्दा लागेको तर मुद्दा फाँटका प्रहरीले चोरीको नभएर ज.क.को मुद्दा दर्ता गरेको पत्रकार अनिल तिवारीलाई बताएका छन् ।
तस्करीलगायत अन्य अवैध कारोबारमा संलग्न भएका द्वैध नागरिकहरूसँग अहिले प्रहरीको उठबस बाक्लिएको छ ।
Chandrasuryawani
आफ्नो प्रतिक्रिया दिनुहोस




