बालिकालाई जबरजस्ती करणी उद्योग गर्ने २ जना हजाम र कोइरी पक्राउ।

वीरगंज, पर्सा

विहान ६:०० बजे को समयमा १६ वर्षीया बालिका ट्युसन पढ्न जाने क्रममा बाटो ढुकी निजको हात समाती जबरजस्ती तानेर फोटो स्टुडियोभित्र लगी आवाज बाहिर नसुनियोस् भन्ने उद्देश्यले ठूलो आवाजमा गीत घन्काई भित्रबाट चुकुल लगाई पीडितको लुगा खोली जबरजस्ती करणी गर्न लाग्दा प्रत्यक्षदर्शीमार्फत अभिभावकलाई खबर भएपश्चात् करणी गर्न नपाएकोले काननूनबमोजिम कारबाही गरिपाउन को लागि जिल्ला प्रहरी कार्यालय पर्सा मा समेत अभिभावकले दिएको मिति २०७८।०७।११ गतेको जाहेरी दरखास्तको आधारमा जिल्ला प्रहरी ‌‌ कार्यालय पर्सा बाट खटिएको टोलीले सोही दिन १८.०० बजे जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नं.२१ बस्ने २० वर्षीय बिकर ठाकुर हजाम र सोही स्थान बस्ने वर्ष २५ को अनिल महतो कोइरीलाई नियन्त्रणमा लिई जबरजस्ती करणी उद्योग कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट सात दिन ७ म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close