पर्सा प्रहरीद्वारा भन्सार छली ल्याउदै गरेको बिभिन्न किसिमका लत्ताकपडाहरू बरामद ।

बिरगंज , कार्तिक ११ गते शुक्रबार ।

पर्सा प्रहरीले बिरगंज भित्र रहेका विभिन्न ठाउमा चेकजाच गर्ने क्रममा अबैध रूपमा ल्याउदै गरेको रु. ४,५५, ४६०/- बराबरको विभिन्न किसिमका लत्ताकपडाहरु बरामद गरेको छ । बिहीबार दिउँसो अन्दाजी १६:३० बजे वीरगञ्ज महानगरपालिका स्थित ईनर्वागाउँ, नगवा र लिंकरोडबाट अवैध रूपमा भन्सार छली ओसारपसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको विभिन्न किसिमका लत्ताकपडाहरू फेला पारी आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close