
बिरगंज , माघ १० गते शनिबार ।
बिरगंजमा नेकपा निकट नेपाल ईन्जिनियर एसोसिएसनका ५५ जना जनता समाजबादी पार्टी निकट नेपाल ईन्जिनियरिङ् समाजमा प्रवेश गरेका छन्।
आज एक कार्यक्रम बीच एसोसिएसनका प्रदेश अध्यक्ष राजेश राय यादव सहितको ५५ जना इन्जिनियरहरू प्रबेश गरेका छन्। उक्त कार्यक्रममा नेपाल ईन्जिनियरिङ् समाजका सल्लाहकार डा.हरिशंकर साह, नेपाल बौद्धिक पेशाकर्मी महासंघ प्रदेश अध्यक्ष बिजय यादव, जसपा पर्सा अध्यक्ष रामनरेश यादव, जसपा पर्सा सचिव तवरेज अहमद, सदस्य पननालाल साह, नेपाल बौद्धिक पेशाकर्मी महासंघ पर्सा अध्यक्ष बिनोद यादव, समाजका सचिव रवि पटेल,ई.शयाम बाबु गुप्ता, शशि भुषण साह लगायतकाको उपस्थिती रहेको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस




