एन प्याप्सन पर्साको पदस्थापन कार्यक्रम सम्पन्न ।

बिरगंज , कार्तिक ११ गते शुक्रबार ।

राष्ट्रिय निजि तथा आवासिय विद्यालय एसोसिएसन ( एन प्याप्सन ) पर्साको आठौं अधिवेशनबाट निर्वाचित नया कार्यसमिति पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

बिरगंजको होटेल बिस्वामा आज एक कार्यक्रमको आयोजना गरि नवनियुक्त पदाधिकारीहरुलाई आआफ्नो जिम्मेवारी दिईएको थियो ।

नव निर्वाचित अध्यक्षमा राम राज श्रेष्ठ , उपाध्यक्षमा बिनोद कुमार गुप्ता , सचिवमा प्रमोद कुमार रायमाझी , कोषाध्यक्षमा राजेश लिम्बु , सदस्यहरुमा नबिन श्रेष्ठ , अनिल साह , शशि प्रकाश साह , राजेन्द्र प्रसाद पटेल , पतिराम प्रसाद साह , सउकत अलि , होरिल साह , कामेस्वर नाथ तिवारी , राम प्रसाद तिवारी र अन्जय गुप्ता रहनु भएको थियो ।

एन प्याप्सनका पुर्व अध्यक्ष राम सुन्दर चौधरीको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि सघिय शिक्षा , बिज्ञान तथा प्राविधिक मन्त्री माननीय देवेन्द्र पौडेलले सामुदायिक बिद्यालय र निजि बिद्यालय शिक्षा क्षेत्रका दुई खुट्टा हुन ।कहिले सामुदायिक विद्यालय अगाडि बढछ भने कहिले निजि बिधालय अगाडि बढछ । एउटा पनि गोडामा चोट लागे भने त्यो व्यक्ति अगाडि बढन सक्दैन भने विद्यालय पनि मानवजिवन उत्पादन गर्ने एउटा महत्वपूर्ण पिलर हो , कसैले सुरुआत मै राम्रो शिक्षा पाएन भने उसले पछी पनि बिकास गर्दै त्यसको लागि गुणस्तर शिक्षा र गुणस्तर शिक्षक आवस्यक रहेको हुदा त्यस तर्फ ध्यान दिन आवस्यक रहेको मन्त्री पौडेलले बताए ।

त्यसैगरि अधिकान्स व्यक्ताहरुले निजि विद्यालयलाई बिभेद गरेको बताए ।कोभिडको माहामारिको बेला निजि बिधालय धरायशि हुदा पनि संघीय , प्रदेश र स्थानीय सरकारले यसबारे ध्यान नदिएको गुनासो गरेका थिए ।

सो कार्यक्रममा बिशिस्ट अतिथि नेशनल प्याप्शनका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष रामबिनय चौरसिया , बिरगंज महानगर पलिकाका नगर प्रमुख बिजय कुमार सरावगि , पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल , एन प्याप्सन प्रदेश न.२ का सचिव नन्दन यादव , किसान संघ पर्साका अध्यक्ष डा. बिनय श्रेष्ठ , माओवादि केन्द्रका बिरगंज महानगर अध्यक्ष रहबर अन्सारी , नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष बालगोपाल थापा, बिरगंज महानगर शिक्षा शाखा प्रमुख अरबिन्द लाल कर्ण, प्याप्सन पर्साका अध्यक्ष डा, हरिशन्कर साह , सचिव छेदुप लामा , सल्लाहकार लालबहादुर गुरुङ , अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतम , व्यवस्थित बिरगंज अभियानका संयोजक दिलिप राज कार्की , बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाई , नेपाल पत्रकार महासघको राष्ट्रिय परिषद सदस्य तुलसि भन्डारि , महेश चन्द गौतम , ट्राफिक प्रहरी निरीक्षक सुमन कार्कि , तिर्थराज यादव लगायत सन्चारकर्मिहरुको सहभागिता रहेको थियो ।

स्वागत मन्तव्य नन्दन यादवले र कार्यक्रम सन्चालन ईन्द्रदेव साहले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close