
वीरगंज, पर्सा
सोनार यूवा अभियान द्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । सोनार यूवा अभियानले विगतको दिनहरुमा पनि समाजिक कार्यहरु गर्दै आएकाहुन । अभियानले विगत दिनहरुमा जाडोको बेला गरिबहरुलाइ न्यानोकपडा वितरण संगै मठमंदिर छठघाट तथा बिरगंज को मुटुमा रहेका घन्टाघर सरसफाइ करोना भाइरसको कारण लकडाउनको बेला गरिब दैनिक मजदुर लगाएतकाहरु लाई नि :शुल्क खाना खुवाउने जस्ता कर्यहरु गर्दै आएकाथिए ।
अभियानको अध्यक्ष राज कु सरार्फको अध्यक्षतामा आज सनिबार बिरगंज को रानिघाटमा रहेको सोनार धर्मशालामा हिन्दुहरुको माहान पर्व शुभ दिपावली र छठपुजाको शुभकामना आदान प्रदान कार्याक्रम प्रमुख अतिथि पर्सा सुनचाँदी ब्यवासायि संघको अध्यक्ष भुलन साह सोनार अतिथिमा बि म न पा वडा न ३ को वडा अध्यक्ष बैजु साह सोनार ओम प्रकाश सरार्फ भोला साह सोनार भरत सरार्फ शम्भु साह सोनार धर्मनाथ साह सोनार सतेन्द्र साह सोनार अनिल साह सोनार प्रमोद सरार्फ राधेश्याम सरार्फ कौशल सरार्फ लगाएतका उपस्थिती रहेको थियो ।





