तिलावे पुल निर्माण दबाब समूहद्वारा प्रजिअ ढकाल लाई ज्ञापनपत्र

वीरगंज, पर्सा

तिलावे पुल निर्माण दबाब समूह द्वारा पर्साका प्रमुख जिल्ला अधिकारि उमेश ढकाल र हुलाकी सडक निर्माण निर्देशनालय बिरगंजमा पुल निर्माणको लागि दबाब दिन ज्ञापन पत्र बुझाएको छ।

ज्ञापन पत्र बुझदै पर्सा का प्रमुख जिल्ला अधिकारी उमेश ढकाल ले तत्काल डाइभर्सन बनाउने र निर्माण कार्य अगाडि बढाउन ठेकदारलाइ थुनेर भए पनि कार्यवाही प्रक्रिया अगाडि बढाउने आशवासन दिनु भएको थियो ।

अर्को तिर हुलाकी राजमार्ग निर्देशनाल्यको भनाइ अनुसार पुल निर्माणको जिम्मा पप्पु र लुम्बिनी कै हो र यिनिहरु दुबै जिम्मेवार हुन अर्को तिर यदि पप्पु र लुम्बिनीको आपसी झगडा हो भने त्यो अफिसको सरोकारको बिशय होइन तसर्थ उनिहरुको आर्थिक लेनदेन कुनै फरक भए हाम्रो जिम्मेवारी होइन तर निशकर्शमा तिलावे पुल बनाउनेतर्फ जिम्मेवार कम्पनी एक दुई तीन पप्पु लुम्बिनी जेभी ।

अहिले हामी ७ दिने कार्यवाहीको सूचना गर्यौ ठेकेदार सम्पर्कमा आएको छैन अब हामी अर्को प्रक्रिया अख्तियार गर्छौ त्यस पछि हामी प्रहरीमा खोजी चिठी काटने छौ भन्दै हुलाकी राजमार्ग निर्देशनालय ले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close