साढे २महिनामा२कराेड४९लाख राजस्व दाखिला र १०फरार अभियुक्त पक्राउ

नन्दु यादव असाेज ९पश्चिम नवलपरासी

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले २०७८/३/१३ देखि २०७८/५/२९ गतेसम्म काे समय सााढे २महिनामा २कराेड ४९लाख ४५हजार २सय ११रुपैया बराबरको राजस्व दाखिला गरेकाे छ भने १०जना फरार अभियुक्त लाई पक्राउ गर्न सफल भएकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी का सुचना अधिकारी राजु लामाले जानकारी दिनु भयाे ।

जसमा २कराेड १३लाख २९हजार४सय११रुपैया बराबरकाे हरियाे मटर ,कपडा,ईलेक्ट्रानिक सामान ,साधनका पार्टपुर्जा चिनि लगायतकाे सामानहरु भन्सार तथा राजस्व बिभागमा बुझाईएकाे छ।तेसै गरि३२लाख९०हजार स्राेत नखुलेका नगद सहितका २जना ब्यक्तिलाई राजस्व कार्यालय पठाईएकाे बताईएकाे छ ।

अबैध खाेलामा उत्खनन गरिरहेका १५वटा ट्रेक्टर र २वटा जेसिबि लाई नियन्त्रण लिई ३लाख ५हजार बराबरकाे राजस्व सन्कलन भएकाे रअबैध काठ बाट २०हजार ८सयमूल्य राजस्व दाखिला गरिएकाे बताईएकाे छ ।यसै गरि ७वटा लागुअाैषध मुद्दा दर्ता गरिएकाे छ ।

२०७८/३/१३गते जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी मा सरुवा भई अाउनु भएका प्रहरी प्रमुख मनाेज कुमार यादव ले निकै सक्रियताका काम काजलाई निरन्तरता दिदै अाउनु भएकाे छ ।जिल्लामा अाउदा अामनागरिकहरुलाइ शान्ति सुरक्षा मा कटिबद्ध रहेका प्रमुख यादवले तस्करहरुलाई भने तह लगाउनु भएकाे छ ।वहाँ अाएदेखि जिल्लामा तस्करीमा कमि अाएकाे छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close