प्रदेश नं १ बाट आएका होटल तथा पर्यटन व्यवसायीहरुलाई वीरगञ्जमा स्वागत

वीरगञ्ज, पर्सा

प्रदेश नं १ बाट आएका होटल तथा पर्यटन व्यवसायीहरुलाई वीरगञ्जमा भव्य स्वागत गरिएको छ ।वीरगञ्ज उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य महासंघ प्रदेश नं २ र पर्यटन तथा हवाई यातायत समितिले उनीहरुको स्वागत गरेको हो ।

होटल एसोसियसन नेपाल हान प्रदेश नं १ का अध्यक्ष राजन श्रेष्ठको नेतृत्वमा आएको प्रतिनीधि मण्डललाई नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं २ का अध्यक्ष गणेश लाठ नेतृत्वको टोलीले स्वागत गरेको थियो ।

वीरगञ्ज उद्योग वाणिज्य संघमा भएको कार्यक्रममा आपसी सहकार्यमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने प्रस्ताव पूर्वका होटल तथा पर्यटन व्यवसायीहरुले राखेका थिए ।

उनीहरुले प्याकेज बनाएर दुवैतिरको व्यवसाय प्रवद्र्धन र अन्तर सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिए । धार्मिक, साँस्कृतिक र प्राकृतिक हिसाबले दुवै प्रदेशमा प्रचुर संभावना भएपनि पर्यटन क्षेत्रमा राज्यको उपेक्षाका कारण पूर्वाधार विकास हुन नसक्दा ओझेलमा परेको कार्यक्रममा सहभागीहरुको धारणा छ ।
वीरगञ्जका उद्योगी, होटल तथा पर्यटन व्यवसायीले भने भारतीय पर्यटकलाई सम्मान गर्न सक्नुपर्नेमा जोड दिए ।

उनीहरुले भारतीय पर्यटकलाई आर्कषित गर्न प्याकेज ल्याउनुपर्ने बताए । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघको आगामी कार्य समितिको बैठक भेडेटारमा गर्ने घोषणा समेत गरिएको छ ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल, सचिव मनोज दास, सह सचिव अनोज रुंगटा, पर्यटन तथा हवाई यातायत समिति सह संयोजक सञ्जय अग्रवाल, नेपाल युव उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष अनुप अग्रवाल, मकालु होटलका सञ्चालक मोहन प्रधान लगायतले प्रदेश नं २ र प्रदेश १ मा पर्यटकीय संभावना र सहकार्य गर्न सकिने ठाउँहरुको बारेमा चर्चा गरेका थिए ।

भने प्रदेश नं १ बाट आएका होटल व्यवसायी महासंघ प्रदेश नं १ का संस्थापक अध्यक्ष मणिन्द्र बहादुर कटुवाल, भाविस कुमार श्रेष्ठ, होटल व्यवसायी महासंघका महासचिव बासुदेव बराल, सुनसरी उद्योग वाणिज्य संघकी एलिना मगर, बर्दिबासका होटल व्यवसायी दिपेन्द्र पराजुली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण वीरगञ्ज उद्योग वाणिज्य संघका मनोज उपाध्यायले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close