
बिरगंज , फागुन २३ गते आइतबार ।
बिरगंजको मारवाडी समुदायमा जन्मिनु भएको उधमी तथा साहित्यकार गणेश लाठको चौथो कृति क्षमादान उपन्यासको आइतबार बिरगंजको आदर्शनगरस्थित जैन तेरापन्थ भवनमा एक कार्यक्रम बीच वरिष्ठ साहित्यकार एवं वरिष्ठ पत्रकार मुकुन्द आचार्य , पाठशाला नेपाल बिरगंजका अध्यक्ष बालगोपाल थापा , लेखक गणेश लाठ , सुजैन मास्के र भुषिता बशिष्ठले सन्युक्त रुपमा पुस्तकको बिमोचन गर्नु भएको थियो ।
पाठशाला नेपाल बिरगंजले आयोजना गरेको बिमोचन कार्यक्रममा भुषिता बशिष्ठ र क्षमादान उपन्यासका लेखक गणेश लाठका बीचमा अन्तरसम्वाद गरिएको थियो ।पुस्तकको बिमोचन फरक ढंगबाट गरिएको थियो ।मंचमा न त सभापतित्व , न त प्रमुख अतिथि , न त अन्य अतिथिहरुको आसन ग्रहण नै गरिएको थियो , त्यहा सिर्फ अन्तरसम्बाद क्षमादानका लेखक गणेश लाठ र भुषिता बशिष्ठ बीच भएको थियो ।
अन्तरसम्बादमा साहित्यकार गणेश लाठ मारवाडी समुदायका कुशल उधमि व्यवसायी घरानामा जन्मेर पनि साहित्य लेखनमा कसरी आउनु भयो , के ले तपाइलाई प्रभाव पार्यो ,समय कसरी निकाल्नु हुन्छ ,कृतिका पात्रहरुको चयन , प्रस्तुति , साहित्यमा लागेपछि घरपरिवार , समाज र साथीभाईले दिने प्रतिक्रिया र क्षमादान कुन परिवेशमा किन , कसरी लेखियो भन्ने बिषयमा प्रत्यक्ष अन्तरसम्बाद गरिएको थियो ।
उधमि एवं साहित्यकार गणेश लाठको यस अघिका कृति अनुराधा भवन , छमिया , अघटित बजारमा आई सकेको र अहिले चौथो कृति क्षमादान प्रकाशित भएको छ ।यसको मुल्य नेरु. ४९५/- तोकिएको छ भने उहाको पुस्तक नेपालको प्रत्येक किताब पसलमा पाईन्छ ।
पाठशाला नेपाल बिरगंजका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ खोज पत्रकार चन्द्रकिशोर झाले क्षमादान कृतिको बारे टिप्पणी गर्नु भएको थियो भने धन्यवाद मन्तव्य व्यक्त पाठशाला नेपालका कोषाध्यक्ष बिरेन्द्र साहले र कार्यक्रम सन्चालन पत्रकार केसि लामिछानेले गर्नु भएको थियो ।
बिमोचन कार्यक्रममा साहित्य अनुरागी , बुद्धिजिबि , समाजसेबि , पत्रकार, नागरिक समाज लगायत विभिन्न संघसस्था र क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।