पसलको सटर फुटाई मोबाईल चोरी गर्ने यादव पक्राउ

वीरगंज, पर्सा

पसल को सटर फुटाइ मोबाइल चोरी गर्ने निरज कुमार यादव लाइ पर्सा प्रहरी ले पक्राउ गरेको छ।

जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१३ बस्ने साहेव प्रसाद साहको जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.९ घण्टाघर स्थित रेयान्स रौनक ट्रेडर्स नामको मोबाईल पसलमा मिति २०७७।१२।०१ गते विहान ०२:५८ बजे सटर फुटाई अं.मू.रू. १०,६०,४०४।– (दश लाख साठ्ठी हजार चार सय चार) रूपैया बराबरको मोबाइलहरू चोरी भएको घट्नाको अनुसन्धानको क्रममा उक्त चोरीमा सलंग्न भारत विहार पूर्वी चम्पारण रक्सौल वडा नं.२३ बस्ने वर्ष २० का निरज कुमार यादवलाई जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१६ शंकराचार्य गेटबाट चोरी भएको मोबाइलहरू Oppo A15S थान-१, Samsung A20s थान-१, Poco x3 थान-१ र Redmi note 9 pro थान-१ सहित पर्सा प्रहरी ले नियन्त्रणमा लिई चोरी तथा डाँका सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन-७ (सात) म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close