
जितपुर बारा १८ असोज ।
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरमा रहेको शिव शक्ति ध्यु उधोग प्रा लि ,लिले गर्दा किसानहरु मर्कामा परेका छन् ।उधोगबाट निस्कने केमिकल युक्त दुषित पानी बरिपरिको खेतहरुमा बग्ने गरेको छ । किसानहरूले लगााएका बालीनालीलाई ध्यानमा नराखि उधोगले फालेको प्रदुषण पानीले गर्दा बालीनाली नष्ट हुने गरेको छ । स्थानिहरुले पालेको घरेलुु बन्यजन्तुहरु बेला – बेलामा मर्ने गरेको कारण धेरैचोटी स्थानिहरुले पनि आन्दोलनगरेका छन्।
जितपुरसिमरा उपमहानगरपालिका वडा ८ का वडा अध्यक्ष रामबाबु पटेलले किसानहरुको तथा स्थानियको पीडाको ठोस निकास अहिलेसम्म ननिस्केको र उक्त समस्याको समाधान छिटै छलफल गरेर निकाल्ने बताउनु भयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




