
बिरगंज , मंसिर ०९ गते बिहीबार ।
पर्सा प्रहरीले अवैध लागु औषध सहित चार जनालाई पक्राउ गरेको छ।ड्राइपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेको बा. ३ ख ८८०८ नम्बरको मिनि ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा न. २५ बहुअरी सडखण्डमा रोकेर चेकजाँच गर्दा चालक बस्ने सिटमुनीको बोराभित्रबाट ५४ बोतल कोरेक्स फेला परेको हाे ।
सोही समयमा ना.५ ख ६८७७ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा चालक बस्ने सिटमुनी बोराभित्र लुकाईएको २ सय २३ बोतल कोरेक्स फेला परेको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयाे । बरामद जम्मा २ सय ७७ बोतल कोरेक्स सहित २ वटै मिनी ट्रक नियन्त्रणमा लिएको हाे ।
मकवानपुरको मनहरी गाउँपालिका वडा न.७ निवासी ३५ वर्षीय अनुपत बर्ताैला, मकवानपुरकै हेटौडा उपमहानगरपालिका वडा न.७ निवासी ४५ वर्षीय राजु बस्नेत, झापाको मेची नगरपालिका वडा न.१ का ५०अ वर्षीय गोपाल थापा र मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा न.६ निवासी ३१ वर्षीय प्रमोद श्रेष्ठलाई पक्राउ गरिएको हाे । पक्राउ परेका चारैजना विरुद्ध लागु औषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।




