सशस्त्र प्रहरी ध्दारा ११५ लि•घरेलु मदिरा नष्ट।

वीरगंज, पर्सा
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस वीरगंज पर्साले घरेलु मदिरा नष्ट गरेको छ।

वीरगंज स्थित सुरक्षा वेस बाट खटिएको आइडी नं ९५१८ का सप्रनानि पाण्डव प्रसाद मैनाली को कमाण्ड मा ७ जनाको गाडी मोबाइल टोलि ले वीरगंज महानगरपालिका वार्ड नं ११ स्थित रानिघाटमा प्रतिबन्धित घरेलु मदिरा पक्राउ गरेको छ।

दुइ वटा साइकलमा बोरामा पयाक गरी लयाउदै गरेको अन्दाजी ११५ लिटर प्रतिबन्धित घरेलु मदिरा सस्त्र प्रहरी लाइ देखन साथ बोरा सहित मदिरा फालि साइकल लिइ फरार भएका थिए।

उत्क बरामद गरिएको प्रतिबन्धित घरेलु मदिरालाइ जिल्ला प्रशासन कार्यालय पर्साको प्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत बिनय कुमार श्रीवास्तव, सस्त्र प्रहरी बल वेस वीरगंज पर्सा का प्रनानि पाण्डव प्रसाद मैनाली, पत्रकार राहुल कुमार गुप्ता,प्रहरी हवल्दार नवल किसोर प्रसाद कुर्मी, जिल्ला प्रशासन कार्यालय पर्साका दुर्गा प्रसाद पाण्डे, जनप्रतिनिधिको रोहबरमा पेरिसमिटर भित्र पीखी नष्ट गरिएको सस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस वीरगंज पर्साले जानकारी दिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close