राप्रपाका युवा नेता अवध किसोर साह ले केन्द्रीय सदस्यमा गराए उम्मेदवारी दर्ता :- गरे विजयी गराउन आग्रह

पवन प्रसाद साह

काठमाण्डौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा युवा नेता अवध किसोर साह ले उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाको काठमाडौंमा जारी महाधिवेशनमा नेतृत्व चयनका लागि आज उमेदवारी दर्ता गराइएका हुन।

पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी निकट रहेका साह पर्सा जिल्लाबाट राप्रपाको प्रतिनिधित्व गर्छन् ।

राप्रपालाई बलियो राष्ट्रवादी शक्ति बनाउन सकिने बताउँदै अवध किसोर साह राप्रपामा (१५ बर्ष) देखि नै सक्रिय व्यक्तित्व हुन् भने हाल साह पार्टी को पर्सा जिल्ला को उपाध्यक्ष हुन। साथै पार्टी को महाधिवेशन प्रतिनिधि रहेका छन् ।

पार्टीभित्र सबैसामु परिचित र प्रिय रहेका साह ले कर्तव्यनिष्ठ र उर्जावान राप्रपा निर्माणका लागि भूमिका निर्वाह गर्न आफूहरु केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताए ।

उनले राजसंस्था र हिन्दुराष्ट्रका लागि आफू अविचलित रुपमा उभिरहने भन्दै पार्टीको ऐतिहासिक एकता महाधिवेशनबाट केन्द्रीय सदस्य मधेसी (खुल्लातर्फ) विजयी गराउन अवध किसोर साह ले आग्रह गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close