
बिरगंज , मंसिर २२ गते बुधबार ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ बिरगंज पर्सा र माईती नेपाल पर्साको संयुक्त आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तर्गत पर्सा जिल्ला बी.म.न.पा. वडा न.२ स्थित रहेको श्री ग्रीनल्याण्ड बोडिङ्ग स्कुलका छात्र/छात्राहरु लाई बाल बिबाह/दाईजो प्रथा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको थियो ।
सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा र जिल्ला प्रहरी कार्यालय पर्साका प्र.ना.उ. ओम प्रकाश खनालको प्रमुख अतिथ्यमा भएको बालबिवाह , दाईजो प्रथा र लैङ्गिक हिंसा सम्बन्धिमा हुने कानुनी कार्वाही र सजाय बारे विद्यार्थीहरुलाई जानकारी गराईएको थियो । लिङ्गको आधारमा गरिने कुनै प्रकारको हिंसा पनि लैङ्गिक हिंसा भएको र त्यस्ता हिंसा सहेर नबस्न र २० बर्ष उमेर पुगेका बालबालिकाहरुले कानुनि रुपमा बिवाह गर्न सक्छन् । कम उमेरमा बिवाह गर्ने र गराउने दुबैलाई कानुनि कार्वाही हुने समेत बताएका थिए ।
सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्र.नि. शोभन विक्रम राणा , ग्रिनल्यान्ड बोडिङ्ग स्कुलका निर्देशक उपेन्द्र पंडित, माईती नेपाल पर्साका संयोजक संगिता पुरी, बिरगंज मेट्रो सिटी हस्पिटलका साधना चौरासिया,राईजिङ्ग बिरगंज नेपाल, सामुदायिक सेवा केन्द्र छपकैयाका सचिब प्रविण बिक्रम शाह, कोषाध्यक्ष प्रेमा कुमारी सिंह, सदस्य अजित कुमार भुजेल, जेयाउल हक समानी, धिरज शर्मा, प्र.स.नि. रामस्वार्थ प्रसाद यादव, प्र.ह. विजय प्रसाद पटेल, प्र.ज. राज कुमार तामाङ्ग लगायतको उपस्थिती रहेको थियो ।
स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्र छपकैया-२ का कोषाध्यक्ष प्रेमा कुमारी सिंहले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन सामुदायिक सेवा केन्द्रका सदस्य अजित भुजेलले गर्नु भएको थियो ।




