होटल तथा पर्यटन क्षेत्रलाई बिरगंज महानगर पालिकाले सम्पत्ति करमा ५०%छुट दिने घोषणा ।

बिरगंज, पर्सा

होटल तथा पर्यटन ब्यवसायी संघले बिरगंज महानगरपालिका का नगर प्रमुख लाइ ज्ञापनपत्र बुझाएका छन।

बिरगंज माहनगरपालिकाले कोभिड प्रभाबित अन्य क्षेत्रलाईझै होटल तथा पर्यटन क्षेत्रलाई पनि सम्पतीकरमा ५०% छुट दिने घोषणा गरेको छ ।

कोभिड बाट सबै भन्दा प्रभाबित होटल तथा पर्यटन क्षेत्रलाई केन्द्र सरकारले समेत यश अघि नै अति प्रभाबित ब्यबसायको सुचिमा वर्गीकरण गरि सकेको छ । यहाका होटल तथा पर्यटन क्षेत्रको प्रतिनिधि मुलक सस्था होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजले यस अघि नगर परिषद हुनु पुर्ब नै बिरगंज माहानगरमा ज्ञापनपत्रसमेत दिएर आफ्ना समस्याहरु लाई माहानगरको नीति तथा कार्यक्रममा पार्न लगाएको थियो ।

तर पछि नगरपरिषदको निर्णय आउदा अन्य क्षेत्र समेटिए पनि होटल तथा पर्यटन शब्द छुटेकोले होटलहरु ले कुनै सुभिधा पाएका थिएन । यसै विषयलाई लिएर आज होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका अध्यक्ष हरि पन्तको नेतृत्वमा गएको प्रतिनिधि मन्डलले व बिरगंज महानगर प्रमुख समक्ष आफ्ना समस्याहरुको गम्भीर ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझाउदै अध्यक्ष पन्तले महानगरले कोभिढ प्राभबित अन्य ब्यबसाय लाई सम्पतीकर मा 50% छुट दिदा होटल तथा पर्यटन क्षेत्रलाई यदि यो सुभिधाबाट बन्चित गरिए होटल तथा पर्यटन क्षेत्र लाई ठुलो अन्याय हुने भन्दै आफ्ना सममस्या हरु नगरप्रमुख समक्ष राखेका थिए । त्यसैगरी ज्ञापनपत्र बरिस्ठ उपाध्यक्ष रचेन्द्र सिह थापा, महासचिव माधब बस्नेत ,लगायतका ब्याबसायी र मिडिया कर्मिहरुको सहभागिता रहेको थियो ।

होटल तथा पर्यटन ब्याबसायी तथा मिडियाकर्मीहरु को समस्या सुनिसके पछि नगर प्रमुख बिजय कुमार सरावगीले होटल ब्यबसायीहरु को समस्या जाएज भएकोले समस्याको सम्बोधन गरिने बताएका थिए ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close