
फागुन १
जनयुद्ध दिवसको अवसरमा वीरगञ्ज महानगरपालिकाका एक शहिद परिवारलाई आईतबार एक थान कम्प्युटर प्रदान गरिएको छ ।दिवसको अवसरमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा टोल निवासी शहिद राजेश मण्डलका परिवारलाई एक थान ल्यापटप प्रदान गरिएको हो ।
एक कार्यक्रमको आयोजना गरि नेकपा माओबादी केन्द्र वीरगञ्ज महानगर अध्यक्ष रहबर अन्सारीले मण्डलकी पत्नि ललिता देबीलाई ईन्टरनेटको लाईन सहित एक थान कम्प्युटर प्रदान गरेका हुन ।मण्डलका चार जना छोराहरुको उच्च शिक्षा अध्यन गर्नको लागि सहयोग होस भनेर महानगर समितिले ल्यापटप प्रदान गरेको अखिल क्रान्तिकारी मधेस प्रदेश मुख्य सचिव जुबेर आलमले जानकारी दिए ।
धनीका छोराछोरीहरु निजी बिधालयमा तथा देश बिदेशमा अध्यन गरिरहेको तर देशका लागि ज्यान गुमाएका शहिदहरुको छोराछोरीलाई अध्यन गर्नमा समस्या भईरहेकोले शहिद परिवारलाई ल्यापटप प्रदान गरिएको माओबादी केन्द्र वीरगञ्ज महानगर अध्यक्ष रहबर अन्सारीले बताए ।उनले शहिदका परिवारलाई कम्प्युटर प्रदान गर्नाले शहिदका छोराछोरीहरु पनि पढेर शिक्षित हुन सक्ने बताए ।
‘मधेस केन्द्रित दलहरुले शहिद परिवारलाई भेसी प्रदान गरे,तर म प्रगतिशिल बिचारबाट प्रभावित भएकाले शहिद परिवारले किन भैसी चराउनु परयो,उनले भने,नेताका छोराछोरीहरु ठुलो बिधालयमा पढन जान्छन त्यसकारण शहिदका छोराछोरीहरु पनि पढोस भनेर कम्पयुटर दिएका हौ।’
कार्यक्रममा माओबादी केन्द्र वीरगञ्ज महानगर उपाध्यक्ष जुमादिन अन्सारी लगायत स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।




