९ सूत्रिय माग राख्दै नेपाली कांग्रेस पर्साले ज्ञापनपत्र बुझायो।भिडियो सहित

 

बिरगंज , जेष्ठ ०२ गते मंगलवार ।

नेपाली काङ्ग्रेस पर्साले ९ सूत्रिय माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।
नेपाली काङ्ग्रेस पर्साका सभापति अजय कुमार दुबेदीको नेतुत्वमा गएको टोलिले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्की मार्फत नेपाल सरकारका सम्मानिय प्रधानमन्त्रीलाई मंगलवार ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, आरडीटी परीक्षण बन्द गराउनुपर्ने,क्वारेन्टाइन व्यवस्थित हुनु पर्ने , स्वास्थ्य सामाग्री खरिदमा ब्यापक भस्टाचार भएकोले तुरुन्तै छानबिन हुनु पर्ने , भारत तथा बिश्वका अन्य देशहरुमा अलपत्र परेकालाई स्वदेश फर्कन बाताबरण सरकारले बनाउनु पर्ने , दिनानुदिन धरासायी बन्दै गैइरहेको कृषि , पर्यटन र उद्योग व्यवसाय, श्रमिक रोजगार ,विद्यार्थी , अपांग भएको व्यक्ति , एकल महिला र गर्भवतीहरुलाई राहत सामाग्री कार्यक्रम न्ल्याउन सक्नु , लकडाउन कारण स्कुल ,कलेज बन्द भैइ विद्यार्थीहरुको शैक्षिक भबिस्य अन्योल भएकोले बेलैमा गम्भीर हुनु पर्यो, कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नको लागी बिउ बिजन ,रासायनिक मलको सहज रुपमा उपलब्ध गराउनु पर्ने , महानगर बाट ग्रामीण क्षेत्र जोडिने एकमात्र माध्यम तिलावे पुल शिलान्यास भएको ७ बर्ष पुग्न लाग्दा पनि निर्माण कार्यमा खाशै प्रगति नदेखिएको र निर्माण कार्य तुरुन्त सम्पन्न गर्नु पर्ने र जनता कोभिडको त्रासले लकडाउनमा भएको सम्पुर्ण कारोबार थप्प भएको र चुल्हो समेत निभेको अवस्थामा बैंकको व्याज , बिधुत , टेलीफोन , यातायात , खानेपानी लगायतका विभिन्न करहरु बन्दाबन्दी अवधि भरको लागी छुट हुनु पर्ने ९ सूत्रिय माग सहितको ज्ञापन पत्र बुझाएको नेपाली काङ्ग्रेस पर्साका सचिव श्याम पटेलले पर्सा पोस्टलाई बताउनु भयो ।

 

टोलीमा संविधान सभाका सदस्य नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी, रामेश्वर रौनीयार,ओमप्रकाश शर्मा,राजेश्वर साह , नेता बीरेन्द्रलाल नेपाली, रामनारायण कुर्मी , बिजय सर्राफ , प्रकाश उपाध्याय ,किशोरी साह, रामरुप कुर्मी, दीना गुप्ता लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close