बीउवासंघका शिष्ट मण्डल द्वारा राजस्व अनुसन्धान विभागका महानिर्देशक संग भेटघाट तथा छलफल

बीउवासंघका शिष्ट मण्डल द्वारा राजस्व अनुसन्धान विभागका महानिर्देशक संग भेटघाट तथा छलफल

प्रणय साह
काठमाण्डौं, ७ चैत्र/
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा सङ्घको एक शिष्ट मण्डलले राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलसँग उहाँकै कार्यकक्षमा भेटघाट तथा छलफल गरेको छ ।

छलफलका क्रममा सङ्घका अध्यक्ष डा. गुप्ताले ३५ करोडभन्दा माथिको कारोबार गर्ने व्यवसायहरुको इन्टिग्रेशन सटवेयरमा इन्ट्री गरे पछि भंसार कार्यालय, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभाग तीनवटै निकायमा सो सूचना प्रवाह हुने गरी सटवेयर इन्टीग्रेशन गर्नुपर्ने, व्यापार व्यवसाय कारोबारको सिलसिलामा भएको त्रुटीका कारण हुने अपराधमा अन्य अपराधिक क्रियाकलाप गरेसरह थुनछेक गर्ने लगायतको सजाय नगरी वित्तीय अपराध सरहको हुनुपर्ने तथा उपत्यकामा राजस्व अनुसन्धान विभागले मात्रै मालवाहक सवारी साधनलाई चेकजाँच गर्ने गरेकोमा प्रहरी लगायत अन्य कुनै पनि निकायले मालवाहक सवारी साधन चेकजाँच गर्न नपाउने गरी उपत्यका बाहेकका मुख्य व्यापारिक शहरहरुमा पनि सो किसिमको प्रावधान लागु गरिनुपर्ने बताउनु भएको थियो ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले भिसिटिएस भर्दा वा सोसँग सम्बन्धित त्रुटी भएमा सोमा गरिने जरिवाना न्यून हुनुपर्ने, भिसिटिएसका बारे निजीक्षेत्र अझ पनि जानकार नरहेको बताउदै विभागबाट समय समयमा कार्यशाला गोष्ठिको आयोजना गरिनु पर्ने, र साना तिना व्यवसायको हकमा भिसिटिएस भर्नुपर्ने बाध्यात्मक व्यवस्थालाई हटाउनुपर्ने, सरकारी कार्यालयहरुबीच आपसी समन्वय र सहकार्यको अभावमा व्यवसायीहरु विभिन्न झण्झट र जटिलता व्यहोर्नुपरेकोले अन्तर सरकारी निकायहरुबीच समन्वय हुनुपर्नेमा जोड दिनु भएको थियो ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले वीउवासङ्घबाट प्रस्तुत सुझावलाई आफूले सकारात्मक रुपमा लिएको बताउनुभयो । उहाँले राजस्व अनुसन्धान सम्बन्धी नीतिगत एवम् व्यवहारिक समस्यालाई समय सापेक्ष समाधान गर्दै जाने आश्वासन दिनुभयो । उद्योगी व्यवसायीहरुलाई भिसिटिएस बारे जानकारी दिलाउन मोफसलमा तालिम सञ्चालन गर्ने बताउनुभयो ।

भेटघाटको क्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष, अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सहकोषाध्यक्ष, कार्यसमिती सदस्य सुनिलकुमार खेतान, सुमन क्याल, नरेश टिबडेवाल,अंकित खेतान लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close