भन्सार प्रशासकको मिलेमतोमा तस्करी, प्रहरीद्वारा १ करोड २० लाख भन्सारछलीका सामान बरामद 

प्रज्ञापनपत्रविनाको हार्डवेयर तथा बिभिन्न किसिमका लत्ताकपडाहरू लोड गरी काठमाडौंतर्फ लाँदै गरेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बुधबार दिउँसो वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघरस्थित सडकखण्डबाट ना. ६ ख ६०३ नम्बरको मालवाहक ट्रक चेकजाँच गर्ने भन्सार छली गरी ल्याइएका हार्डवेयर तथा लत्ताकपडाहरू फेला परेको थियो ।

भन्सार छली गरेको सामान लोड भएको उक्त ट्रक प्रहरीले नियन्त्रणमा लिई १ करोड २० लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीका लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको पर्सा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

उक्त ट्रक बीरगंज भन्सार कार्यालयबाट भित्रिएको थियो । भन्सार प्रमुख अरुण पोखरेलसहितको सेटिङमा भित्रिएको एउटै ट्रकले १ करोड २० लाखको सामान तस्करी गरी भित्र्याउने गरेको प्रहरीले गरेको बरामदबाट पुष्टि भएको छ ।

सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी हुन एमाले भएका अरुण पोखरेल बीरगंज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक हुनका लागि माओवादीका अर्थमन्त्री जनार्दन शर्माका दाहिना भएका थिए । उनी बीरगंज भन्सारमा सरुवा भएपछि तस्करी ह्वात्तै बृद्धि भएको छ ।  सिन्धुपाल्चोकको प्रजिअ हुँदा पनि उनी बाढीपीडितको राहत हिनामिनामा मुुछिएका थिए ।  Nepalface

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close