
बैशाख ०६ पर्सा । स्वर्गीय अनिल कुमार सिंह एक सालिन व्यक्ति रहेको डाक्टर निरज सिंहले बताउनु भएको छ । राजपुत युवा समाजले मंगलबार स्व.अनिल कुमार सिंहको १३ औं दिनको पुन्य तिथिमा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै डाक्टर सिंहले वहाँले लगाउने टोपीबाट नै वहाँको शान्त तथा शालिन्ताको पहिचान छल्किने गरेको बताए ।
जिवनको समय स्वास्थ्यको कर्ममा बिताएको र अवकास पछि परिवार र समाजलाई दिने समयको सुरुबाती समयमै दर्घटनामा परि उहाँको असमायिक निधनले स्वास्थ्यकर्मी समाज तथा राजपुत समाजलाई निकै क्षती पुगेको बताउनु भयो ।
राजपुत युवा समाजका संयोजक हुकुम सिंह राजपुतको अध्यक्षतामा भएको उक्त श्रृद्धाञ्जली सभामा डाक्टर सरोज सिंह, राजपुत सेवा समाजका कोषाध्यक्ष नगनारायण सिंह, उपाध्यक्ष अनिल सिंह, बैधनिरिक्षक धिरेन्द्र सिंह लगायतले स्व अनिल सिंहको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा राजपुत समाजका अगुवा सचितानन्द सिंह, प्रेमशंकर सिंह, शम्भु सिंह, पत्रकार किशोर सिंह, लालबाबु सिंह, मुकेश सिंह लगायतकाको सहभाागीता रहेको थियो ।
श्रद्धाञ्जली सभाको सहजिकरण पत्रकार राजेन्द्र सिंह राजपुतले गरेका थिए ।




