
वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालय पर्सामा पहिलो पटक इजलाश कक्षको स्थापना गरि सञ्चालनमा ल्याइएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अग्रसरता र पहलमा जिल्ला प्रशासन कार्यालयमा बुधबारदेखि इजलाश कक्ष स्थापना गरीसञ्चालनमा ल्याइएको हो ।जिल्ला प्रशासन कार्यालयले हर्ने अभद्र व्यवहार, जुवा ऐन अन्तर्गतका मुद्धाहरुको बहश,पैरवी र फैसला गर्नका लागि कार्यालय भवनमै बुधबारदेखि इजलास कक्ष स्थापना गरेर सञ्चालनमा ल्याइएको प्रजिअ अर्यालले बताए ।
जिल्ला प्रशासन कार्यालयको मुद्धा फाँट छेउको कोठामा स्थापना गरिएको उक्त इजलास कक्षको बुधबार प्रजिअ अर्यालले नै विधिवत रुपमा उद्घाटन गरेका थिए ।
हरेक जिल्लाको जिल्ला प्रशासन कार्यालयमा छुट्टै इजलास कक्ष अनिवार्य हुनुपर्छ । तर पर्साको जिल्ला प्रशासन कार्यालयमा अहिलेसम्म इजलाश कक्ष नै थिएन । जसका कारण जिल्ला प्रशासन कार्यालयले हेर्ने अभद्र व्यवहार,जुवा ऐन अन्तर्गत लगायतका मुद्धाहरुको बहश ,पैरवी,फैसला लगायतको न्याय सम्पादनमा असहजता हुने गरेको थियो ।
त्यसैलाई मध्यनजर गरेर नै बुधबारदेखि कार्यालय भवनकै एक कोठामा इजलाश कक्षस्थापना गरेर सञ्चालनमा ल्याइएको प्रजिअ अर्यालले मधेसखबरलाई बताए । उनले भने,‘कार्यालयमा प्रजिअको मुख्यत दुई वटा भूमीका हुन्छ । एउटा प्रशासकीय र अर्को न्यायीक ।अहिलेसम्म इजलाश कक्ष नहुदाँ न्याय सम्पादनमा असहजता थियो । तर अब इजलाश कक्ष भएपछि भने निष्पक्ष न्याय सम्पादनमा धेरै नै सहजता हुन्छ ।’साथै प्रहरीले जिल्ला प्रशासन कार्यालयमा लिएर आउने थुनुवाहरुको गोपनियतापनि कायम हुने उनले बताए ।




