
बिरगंज , बैशाख ०७ गते मंगलवार
पर्सा प्रहरी टोलिले मंगलवार अं.१६:४० बजेको समयमा जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नं.१५ बाईपास सडक खण्डमा ना.३८ प ६२२६ नम्बरको मो.सा.रोकी जाँच गर्ने क्रममा उक्त मो.सा.को लेनगार्डमा शंकास्पदरुपले दुई वटा कालो प्लाष्टिकको झोला झुण्ड्याइएको देखी मो.सा.तथा मो.सा.चालकलाई रीतपूर्वक खानतलासी गर्दा लागु औषध गाँजा १९ के.जी. फेला परेकोले सो लागु औषध गाँजा र उल्लेखित मो.सा.बरामद गरी चालक जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१३ मुर्ली बस्ने बर्ष ४४ को उमर अन्सारीलाई नियन्त्रणमा लिई प्रहरी कार्यालयमा ल्याई लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिनुभयो । व्यहोरा सूचित गरिन्छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




