
प्रभु हस्पिटल वीरगंजकाे तेस्रो स्थापना दिवसको अवसरमा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । डेङ्गी रोगी तथा चाडपर्वमा हुने रगत अभाव परिपुर्तिका लागी आयाेजना गरिएकाे कार्यक्रममा १३ महिला सहित ५४ जनाले रक्तदान गरेकाे रेडक्रस पर्साका राजन श्रीवास्तावले वताए ।
हस्पिटल परिसर मै भएकाे कार्यक्रममा रक्तदान गर्नेमा जेनिसा कार्की,श्रीकिसन साह, रिन्कु कुमार, अस्मिता खनाल, कृष्ण पन्डित, जमिल अखतर, रन्जित चौरासीया, अनिल गुप्ता, जगदीश सहनि, सन्दिप मन्डल, राहुल चौधरी, पवन साह कानु, सुनिल कुमार ठाकुर, अमृत महतो, सुरज मन्डल, शनि मन्डल, सुरज भगत माली, लगायतले रक्तदान गरेका हुन ।
प्रभु हस्पिटलका संचालक डा. मनाेज गुप्ताकाे अध्यक्षता र पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा अस्पतालकी डा. लक्ष्मी थापा, दिलिप राज कार्की, रेडक्रसका राजन श्रीवास्तव, भाेजपुरी गायक सुनिल पण्डित लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।
प्रभु अस्पतालमा रेडक्रस पर्साका राजन श्रीवास्तवको टोलिले प्राबिधिक सहयोग गरेका थिए ।





