अबैध हतियार र गोली सहित प्रमोद चौधरी पक्राउ ।

बारा , चैत्र ०७ गते शनिबार ।

जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.०७ शान्ति टोल स्थित बाटो छेउमा रहेको गजेन्द्र ठाकुरको सैलुन (कपाल काट्ने पसल) मा शंकास्पद रूपमा बसिरहेको अवस्थामा जिल्ला महोतरी साविक डाम्ही मडई गा.वि.स.वडा नं.२ हाल परिवर्तित महोतरी गा.पा.वडा नं.२ बस्ने अ.वर्ष ४० को प्रमोद कुमार चौधरी भूमिहारलाई शुक्रबार दिउसो ३ बजेतिर जिल्ला प्रहरी कार्यालय बारा मातहत इलाका प्रहरी कार्यालय सिमरा र जितपुर बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथ बाट कटुवा पेस्तोल थान १, ऐ.को फिट हुने गोली २ राउण्ड र मोबाईल सेट २ थान फेला पारी बरामद गरी निज प्रमोद कुमार चौधरी भूमिहारलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close