
काठमाडौं , फागुन १९ गते बुधबार ।
मिति २०७७/११/१८गते अं.११:०० बजे जि.भोजपुर ट्याम्किमैयुङ गा.पा.वडा नं.४ स्थायी वतन भएका वर्ष २८ का शिसिर राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियामा आई नेपाल एयरलाईन्सको उडान नं. RA 410 द्वारा हङकङबाट काठमाण्डौं आगमन भएका विभिन्न यात्रुहरुलाई भन्सार छली गर्न लगाई ड्रोन क्यामेरा थान-५, SONY ब्याट्री थान-८, क्यामेरा एडप्पटर थान- १, ब्याट्री चार्चर थान-१, तयारी कपडा (टिसर्ट, स्वीटर, ज्याकेट, पाईन्ट आदी) थान-७०, जुत्ता (Nike, ZARA, लेडिज) जोर-८, पावर ब्याङ्क थान-१, फेसियल तेल बट्टा-५, परफ्यूम थान.-.६ र झोला (पछाडी बोक्ने) थान-७ (अन्दाजी मुल्य १५,०६,०००।-)अबैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारिएकोमा बरामद सामानहरु सहित निजलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जनाएको छ ।