
वीरगंज, पर्सा
आजादीका अमृत महोत्सव (भारत @75) तथा सिख धर्मावलम्बीहरुको 10 औं र अन्तिम गुरु, गुरु गोविन्द सिंह को 357 औ जन्म जयन्ती को अवसरमा, भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा 29 डिसेम्बर,2022 बिहान 0600 बजे कन्सुलेट परिसर भित्र एक सांस्कृतिक कार्यक्रमको आयोजना गरि मनाएको छ।
कार्यक्रममा भजन, कीर्तन, शहब्द र अर्दास वाचन गरिएको थियो जसमा करिब ६० सिख भक्तजनहरू तथा वाणिज्य दूतावासका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम गुरुद्वारा गुरुनानक सत्संग प्रबन्धक समिति, बीरगंज, नेपालको सहयोगमा आयोजना गरिएको थियो ।
यस अवसरमा आफ्नो छोटो मन्तव्यमा, गुरुद्वारा गुरु नानक सत्संगका मुख्य ग्रन्थी भाइ हरमित सिंह ले प्रमुख नेता/गुरुहरूको वार्षिकोत्सव मनाएर र उनीहरूको योगदान र बलिदानहरूलाई सम्झेर देशमा विभिन्न संस्कृति र धर्महरूको प्रवर्द्धन गर्नका लागि भारत सरकारको प्रशंसा गरेका थिए ।
यस कार्यले वर्तमान पुस्तालाई प्रेरणा दिन्छ,’ वहाँको भनाई रहेको थियो।