पर्सा सशस्त्र प्रहरी द्वारा ७ लाख बराबरको अबैध कपडा पक्राउ

पर्सा सशस्त्र प्रहरी द्वारा ७ लाख बराबरको अबैध कपडा पक्राउ

पर्सा जिल्ला वीरगन्ज महानगरपालिका अन्तरगत वडा नं २५ खाल्वा टोलामा सशस्त्र प्रहरी सुरक्षा बलले ७ लाख बराबरको अबैध कपडा बरामद गरेको छ । भारतबाट भन्सार छली गरी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सो कपडा बरामद गरिएको हो ।

प्रस्तावीत सीमा सुरक्षा गुल्म बीरगंज बाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालकाे कमाण्डमा खटिएको १५ जनाको गाडी मोवाईल टोलीले सो कपडा बरामद गर्न सफल भएको हो बिशेष सुचनाको अधारमा बिहिवार राती भारतबाट अबैध रूपमा नेपाल भित्रयाइएको कपडा बरामद गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको हो । बरामद गरिएको कपडा अवाश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिनुभयो ।

बरामद गरिएको कपडा र आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बिरगंजमा पठाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले जानकारी गराएका छन । केही दिन देखि लगातार पर्सा जिल्लाको विभिन्न नाका हुँदै तस्करीको सामाचारहरु आउन थालेपछि सशस्त्र प्रहरी बलले तस्करी रिक्न सिमामा कराइ गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close