भगवान रामको मुर्ती बनाउन अयोध्या लैजान लागिएको शीलाको पूर्वमन्त्री यादवले गरे क्षमापूजा

भगवान रामको जन्मभूमि भारतको अयोध्यामा निर्माण हुनलागेको राम मन्दिरमा बन्ने राम मूर्तिका लागि प्रयोग हुने नेपालको कालीगण्डकी नदिको शिलाको पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले क्षमापूजा गरेका छन् ।

म्याग्दी जिल्लाको बेनीस्थित कालीगण्डकी नदी किनारबाट उत्खनन गरिएको हजारौं वर्ष पूरानो शिला विभिन्न शहर हुँदै भारतको अयोध्या लैजाने क्रममा शनिबार पथलैया पुगेको बेला पूर्वमन्त्री यादवले शिलाको क्षमापूजा र गङ्गा पूजन गरेका हुन् ।

क्षमापूजाका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद् यादवसँगै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध गुप्ता , पूर्व अध्यक्ष एंव नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैद्य लगायत पनि पुगेका थिए ।

शिलाको पूजा गर्दै पूर्वमन्त्री यादवले परापूर्वक कालदेखि नेपाल र भारतसँगको धार्मिक र ऐतिहासिक सम्बन्ध रहेको बताउँदै भने, ‘यहाँको शिला लगेर मूर्ति बनाउँदा यो सम्बन्ध थप प्रगाढ हुन्छ र नेपालको कालीगण्डकीको महत्व अझै उजागर हुन्छ र बढ्छ ।’

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close