नेपाल निजामती कर्मचारी युनियन‌,पर्सा द्वारा नारायणी अस्पतालको पोषण तथा पुनर्स्थापना गृहमा बिभिन्न सामाग्री हस्तान्तरण

वीरगंज, पर्सा

नेपाल निजामती कर्मचारी युनियन‌,पर्सा द्वारा नारायणी अस्पतालको पोषण तथा पुनर्स्थापना गृहमा बिभिन्न सामाग्री हस्तान्तरण गरेको छ।

आज नेपाल निजामती कर्मचारी युनियन,पर्सा द्वारा नारायणी अस्पतालको पोषण तथा पुनर्स्थापना गृहमा सहिद दिवस मनाएको छ , कार्यक्रममा पानी तातो तथा सामान्य गर्ने मेसिन ( वाटर डिस्पेन्सर) , पानीजार लगायतका स्वच्छ पानी सेवन गर्ने उपकरण हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता युनियनका उपाध्यक्ष धिरेन्द्र कुमार सिंहले गर्नुभएको थियो भने प्रमुख अतिथि नेपाल निजामती कर्मचारी युनियन केन्द्रिय उपाध्यक्ष अशोक रौनियार , बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति पर्साका उपसभापतिद्वय रामनारायण कुर्मी रअशोक कुमार गुप्ता रहनुभएको थियो ।

त्यस्तै बिशिस्ट अतिथि नारायणी अस्पतालका मे. सु. डा चितरन्जन साह , अतिथिकारुपमा युनियनका पुर्व अध्यक्ष सचिदानन्द सिंह, नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका पुर्व बरिस्ठ उपाध्यक्ष नागेन्द्र प्रसाद पटेल, युनियनका केन्द्रिय प्रतिनिधि तथा युनियन मधेस प्रदेशका सदस्य अनिल मिश्र लगायत जिल्ला कार्यसमितिका विभिन्न पदाधिकारीहरु, नेपाल स्वास्थ्यकर्मी संघका का. अध्यक्ष शृजना चौधरी सि एम ए संघका अध्यक्ष लगायत झण्डै ४० जनाको सहभागीतामा वीर सहिदहरुको श्रद्धाञ्जली अर्पण गर्दै स्वागत मनतब्य युनियनको महिला उपाध्यक्ष इन्दिरा लोहनीज्ले गर्नुभएको थियो भने युनियनक सचीव दिपेन्द्र कुमार चौरसियाले कार्यक्रम को उद्घोष गर्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close