मुनलाईट माबीका विद्यार्थीहरुलाई साईबर क्राईम अपराधबारे प्रशिक्षण ।

बिरगंज , माघ १७ गते मंगलवार ।

मुनलाईट माबीमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुलाई साईबर क्राईम अन्तर्गत हुने अपराधबारे प्रशिक्षण दिईएको थियो ।
सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको आयोजनामा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक मनिषा लौडारीले मुनलाइट बोर्डिङ्ग स्कुलमा अध्ययनरत बिद्यार्थीहरुलाई साइबर क्राइम अन्तर्गत हुने अपराधबारे आज प्रशिक्षण दिनु भएको थियो ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रमका बिशिस्ट अतिथि वडा न.५ का वडा अध्यक्ष प्रदिप चौरसिया , प्रनानी सत्यप्रकाश त्रिपाठि , मुनलाईट माबीका प्रिन्सिपल श्याम केसि , सामुदायिक सेवा केन्द्र कुम्हालटोलका सल्लाहकार नन्दलाल राउत अहिर , सामुदायिकका उपाध्यक्ष श्रीमती सन्जु दाहाल , सचिव श्रवण रायमाझी , सहसचिव रामबाबू रायमाझी , सदस्य संतोषमान रन्जितकार , मुनलाईट माबिका शिक्षक पारस केसि , बिराट सिंह लगायतकाको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close