Vote for Change Independent Student Union को आयोजना र किरण आखा अस्पतालको सहयोगमा आँखा शिविर सम्पन्न

वीरगंज, पर्सा

Vote for Change Independent Student Union को आयोजना र किरण आखा अस्पताल को सहयोग मा आँखा शिविर सम्पन्न भएको छ।

Vote for Change Independent Student Union को आयोजना र किरण आखा अस्पताल को सहयोग मा भएको आँखा शिविर मा १५० जना छात्रा सहित ४०० जना ले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन ।

उक्त आँखा शिविर मा आँखा, नाक ,कान ,घाटि को निसुल्क स्वास्थ्य परिक्षण मा ठाकुर राम बहुमुखी क्याम्पस का प्रमुख लगायत विभिन्न निकाय का बिद्यार्थी र कर्मचारीहरु ले परिक्षण गराएका थिए।

ठाकुर राम बहुमुखी क्याम्पसको सभा हलमा भएको निशुल्क स्वास्थ्य परिक्षण मा बिशेष अतिथीको रुपमा मुकेश दुबेदी,उमा शंकार गुप्ता ,जितेन्द्र मिश्रा ,कृष्णा पास्वान,आलम गिर अन्सारी र बिधार्थी नेता अनिश पटेल ,किरण यादव ,मुराज आलम,सन्तोष साह,मुना साह ,सन्तोष केसरी,गोपाल पास्वान ,मनिश यादव,गौतम यादव ,अफ्रोज आलमको उपस्थिति रहेको थियो ।

उक्त निशुल्क स्वास्थ्य परिक्षणमा डा.अमर क्याल ,डा.बन्दना क्याल,डा.सलिजा नन्द भुरेल,डा.पवन यादव र डा.बिबेक कुमार यादव ले स्वास्थ्य परिक्षण गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close